मर्कूस 11:15 - पवित्र बाइबल15 उहाँहरू यरूशलेम जानुभयो। येशू मन्दिर जानुभयो। उहाँले मन्दिर इलाकाबाट बेच्ने र किन्नेहरूलाई बाहिर निकाल्नु भयो। उहाँले विभिन्न पैसा-रूपियाँका लेनदेन गर्नेहरूको टेबलहरू पल्टाइदिनु भयो। ढुक्कुर बेच्नेहरूको चौकीहरू पनि उहाँले पल्टाइदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि यरूशलेममा पुग्नुभएपछि उहाँ मन्दिरभित्र पस्नुभयो, अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबिलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 येशू चेलाहरूसँग फेरि यरूशलेममा पस्नुभयो र मन्दिरमा जानुभयो। उहाँले मन्दिरमा किनबेच गर्ने सबै व्यापारीहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबिलहरू घोप्ट्याइदिनुभयो र परेवा बेच्नेहरूका मुढाहरू पल्टाइदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यरूशलेम पुगेपछि येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो; अनि त्यहाँ किनबेच गर्नेहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो। Viz kapitola |