मर्कूस 11:13 - पवित्र बाइबल13 येशूले टाढामा एउटा अन्जीरको रूख देख्नु भयो। त्यहाँ पुगेर केही अन्जीरको फलहरू छ कि भनेर हेर्नुभयो, तर त्यहाँ पातहरू मात्रै थिए। किनकि त्यो समय अन्जीरको फल फल्ने समय थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि टाढ़ामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 येशूले अलिक पर एउटा झ्याम्म परेको नेभाराको रूख देख्नुभयो। तर फल छ कि भनेर हेर्न जाँदा त त्यस रूखमा पात मात्रै पाउनुभयो किनभने नेभारा फल्ने बेलै भएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन। किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन। Viz kapitola |