Online Bible

- Reklamy -




मर्कूस 10:46 - पवित्र बाइबल

46 उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसँग त्यो शहर छोड्दै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै (“तिमैको छोरो”) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैँ पैसा मगिरहन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 त्‍यसपछि उहाँहरू यरीहोमा आउनुभयो, र उहाँ आफ्‍ना चेलाहरू र ठूलो भीड़सहित यरीहोबाट निस्‍कनुहुँदा तिमैको छोरो बारतिमै, एक जना अन्‍धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 येशू चेलाहरूसँग यरीहो सहरमा आइपुग्‍नुभयो। त्‍यो सहर छोडेर जाँदा धेरै मानिसहरू उहाँहरू सँगसँगै आए। बाटोको छेउमा तिमैको छोरो बारतिमै भन्‍ने एक जना अन्‍धो माग्‍ने बसिरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 तब उहाँहरू यरीहोमा आउनुभयो। येशू र उहाँका चेलाहरू एउटा ठूलो भीडको साथमा सहरदेखि बाहिर आउँदैगर्नुहुँदा एक जना दृष्‍टिविहीन मानिस तिमैको छोरा बारतिमै बाटोको छेउमा माग्दै बसिरहेको थियो।

Viz kapitola kopírovat




मर्कूस 10:46

Následuj nás:

Reklamy


Reklamy