मर्कूस 10:32 - पवित्र बाइबल32 येशू साथमा भएका अरू मानिसहरूसँग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, र येशू तिनीहरूका अगिअगि हिँड़िरहनुभएको थियो। चेलाहरू अचम्मित थिए, र अरू पछिपछि आउनेहरू भयभीत थिए। तब उहाँले बाह्रै चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परिआउने कुराहरू तिनीहरूलाई सुनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 येशू र उहाँका चेलाहरू यरूशलेम जाँदै थिए। येशू चेलाहरूका अघि-अघि हिंड्दै हुनुहुन्थ्यो। चेलाहरू छक्क परेका थिए र पछि-पछि आउने मानिसहरूचाहिँ डराएका थिए। फेरि पनि येशूले आफ्ना बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर आफूमाथि आइपर्ने दु:खको बारेमा भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। येशू तिनीहरूका अगि-अगि हिँड्दैहुनुहुन्थ्यो; र चेलाहरू छक्क परेका थिए; अनि अरू पछि-पछि आउनेहरूचाहिँ डराएका थिए। उहाँले फेरि बाह्र जनालाई एकातिर लैजानुभयो र उहाँमाथि के हुनेछ, सो बताउनुभयो। Viz kapitola |