मीकाको पुस्तक 7:17 - पवित्र बाइबल17 तिनीहरूले जमीनमा घस्रने सर्पले झैं धूलो चाट्नेछन्, र तिनीहरू डरले काम्नेछन्। तनीहरू परमप्रभु हाम्रा परमेश्वरकहाँ घस्रने किरा झैं तिनीहरूका किल्लाहरूबाट आउँनेछन्। तिनीहरू तिमीहरूसित डराउँनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूले साँपले झैँ, जमिनमा घस्रने जन्तुलेझैँ धूलो चाट्नेछन्। आफ्ना गुफाहरूबाट थरथर काम्दै तिनीहरू डरले आउनेछन्। परमप्रभु हाम्रा परमेश्वरकहाँ तिनीहरू भयमा आउनेछन् र तिमीहरूसित डराउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरू साँपझैँ धुलोमा घस्रनेछन्। तिनीहरू काम्दै डरले आफ्ना किल्लाहरूबाट निस्कनेछन्। तिनीहरू डरले परमप्रभु हाम्रा परमेश्वरतिर फर्कनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले सर्पले जस्तै र जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्। तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्; तिनीहरू याहवेह हाम्रा परमेश्वरकहाँ डरसहित फर्कनेछन्, र तिनीहरू उहाँसँग डराउनेछन्। Viz kapitola |