मीकाको पुस्तक 6:6 - पवित्र बाइबल6 जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु, तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ? के परमप्रभुलाई एक बर्षको बाछो, होमबलि चढाउन लिएर जाऊँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 के लिएर म परमप्रभुको सामु आऊँ, र उच्च भएका परमेश्वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभु स्वर्गका परमेश्वरलाई पुज्न आउँदा म उहाँकहाँ के लिएर आऊँ? के असल बाछाहरू बलि चढाउन लिएर आऊँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म के लिएर याहवेहको सामु आऊँ र सर्वोच्च परमेश्वरको सामु दण्डवत् गरूँ? के एक बर्से बाछाहरू लिएर होमबलि चढाउनलाई म उहाँको सामु आऊँ? Viz kapitola |