मीकाको पुस्तक 6:5 - पवित्र बाइबल5 हे मेरा मानिसहरू, मोआबको राजा बालाकको दुष्ट योजनालाई याद गर। ती कुरा याद गर जो अबोरको छोरा बिलामले बालाकलाई भनेको थियो। ती कुरा स्मरण गर जो सित्तीमबाट गिलगाल सम्म घटेको थियो। तब मात्र बुझ्नेछौ परमप्रभुमा उद्धार छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्लाह गरेको थियो, र बओरको छोरा बालामले त्यसलाई के जवाफ दियो, त्यो स्मरण गर। शित्तीमदेखि गिलगालसम्मैको यात्रालाई सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्न सक।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 हे मेरा प्रजा! मोआबको बालाक राजाले तिमीहरूलाई के गर्ने युक्ति गर्दै थियो र तिनलाई कसरी बओरको छोरो बालामले जवाफ दिए, ती कुरा याद गर। शित्तीमको छाउनीदेखि गिलगालसम्म बाटोमा के-के भयो, ती सम्झ। यी कुराहरू याद गर्यौ भने मैले तिमीहरूलाई बचाउन के-के गरें, त्यो कुरा तिमीहरूले बुझ्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे मेरा मानिसहरू हो, मोआबको राजा बालाकले कस्तो युक्ति रचेको थियो, र बओरको छोरा बालामले बालाकलाई कस्तो जवाफ दिएको थियो। शित्तीमदेखि गिलगालसम्मको यात्रालाई याद गर, ताकि तिमीहरूले याहवेहका धार्मिक कामहरूलाई बुझ्न सक।” Viz kapitola |