Online Bible

- Reklamy -




मीकाको पुस्तक 6:16 - पवित्र बाइबल

16 यस्तो किन हुन्छ? किनकि तिमीहरू ओम्रीको कानूनहरू पालन गर्छौ। तिमीहरू ती नराम्रा कुराहरू भन्छौ जुन कुराहरू आहाब का घरानामा गर्छन्। तिमीहरू उनीहरूको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरूलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरू हाँसोको पात्र हुनेछन्। तिमीहरू अन्य राज्यहरूको घृणाको पात्र बनिनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तैंले ओम्रीका कानूनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस्, र तँ तिनीहरूका परम्‍पराको पछि लागेको छस्‌। यसकारण म तँलाई नाश गर्नेछु, र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्‍याउनेछु। तैंले जाति-जातिहरूको गिल्‍ला सहनुपर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिमीहरू ओम्री राजा र तिनका छोरा आहाब राजाको दुष्‍ट चालमा चलेका हुनाले यी कुरा पूरा हुनेछन्। तिमीहरूले तिनीहरूको नीति अपनाइराखेका छौ। यसकारण म तिमीहरूलाई ध्‍वंस पार्नेछु र सबैले तिमीहरूलाई हेला गर्नेछन्। सबै ठाउँका मानिसहरूले तिमीहरूलाई घृणाको दृष्‍टिले हेर्नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिमीहरूले ओम्रीका नियमहरू र आहाबका घरानाका सबै विधिहरू पालन गरेका छौ; तिमीहरूले तिनीहरूका परम्पराहरूलाई पछ्याएका छौ। यसकारण म तिमीहरूलाई नाश गर्नलाई दिनेछु, र तिमीहरूका मानिसहरूलाई गिल्‍लाको निम्ति दिनेछु; तिमीहरूले राष्ट्रहरूको अपमान सहनेछौ।”

Viz kapitola kopírovat




मीकाको पुस्तक 6:16

Následuj nás:

Reklamy


Reklamy