Online Bible

- Reklamy -




मीकाको पुस्तक 4:3 - पवित्र बाइबल

3 उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरूको झगडा़को फैसला गर्नु हुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली र भालाहरू चाहिँ हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको बिरूद्धमा, तरवार चलाउने छैनन्, न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिक्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले धेरै मानिसहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र टाढ़ा-टाढ़ासम्‍मका बलिया जातिहरूका निम्‍ति झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले फेरि कहिल्‍यै लड़ाइँ गर्न तालीम लिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उहाँले जाति-जातिहरूका बीच र टाढा-नजिकका बलिया जातिहरूका बीच मुद्दा-मामिलाहरू छिनाफाना गर्नुहुनेछ। तिनीहरूले आ-आफ्‍ना तरवारहरू पिटेर हलोको फालीहरू र भालाहरू पिटेर हसिंयाहरू बनाउनेछन्। जाति-जातिहरूका बीच फेरि लडाइँ हुनेछैन, तिनीहरूले फेरि कहिल्‍यै युद्धको तयारी गर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 4:3

Následuj nás:

Reklamy


Reklamy