मीकाको पुस्तक 4:13 - पवित्र बाइबल13 “हे सियोन छोरी, उठ अनि दाईँ गर किनभने म तिम्रा सींङहरूलाई फलामको र तिम्रो खूरहरूलाई पीत्तलको बनाउनेछु। तिमीले धेरै जातिहरूलाई चूर-चूर पार्नेछौ र तिनीहरूको धन-सम्पत्ति सारा पृथ्वीका मालिक परमप्रभुमा अर्पण गर्नेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “हे सियोनकी छोरी, उठेर दाइँ गर्, किनकि म तँलाई फलामका सीङहरू दिनेछु, म तँलाई काँसाका खुर दिनेछु, र तैंले धेरै जातिहरूलाई चूर-चूर पार्नेछस्। तिनीहरूका अधर्मको कमाइ र तिनीहरूका सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “हे यरूशलेमका बासिन्दाहरू हो! गएर अब दाइँ गर म तिमीहरूलाई फलामका सिङ र काँसाका खुर भएका साँढेझैँ बलियो बनाउनेछु। धेरै जातिहरूलाई तिमीहरूले चकनाचुर पार्नेछौ र तिनीहरूले हिंसा गरेर कमाएको धन-सम्पत्ति सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “हे सियोनकी छोरी, उठ् र दाइँ गर्; किनकि म तँलाई फलामका सिङहरू दिनेछु; म तँलाई पित्तलका खुरहरू दिनेछु, र तैँले धेरै राष्ट्रहरूलाई चकनाचुर पार्नेछस्।” तैँले तिनीहरूका अर्धमले कमाएको सम्पत्ति याहवेहलाई, तिनीहरूको धन सारा पृथ्वीका प्रभुलाई समर्पित गर्नेछस्। Viz kapitola |