मीकाको पुस्तक 3:11 - पवित्र बाइबल11 यरूशलेमका न्यायधीशहरूले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजहारीहरूले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरूले अगमवक्ताहरूलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरूले कुनै दण्ड पाउँदैनथिए। उनीहरूले सोच्थे, परमप्रभुले उनीहरूलाई बँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ‘त्यसका अगुवाहरू घूस खाएर न्याय गर्दछन्। त्यसका पूजाहारीहरू ज्याला लिएर सिकाउँदछन्। त्यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी गर्दछन्। तापनि तिनीहरू परमेश्वरको आड़ लिएर भन्छन्, “के परमप्रभु हाम्रा बीचमा हुनुहुन्न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सहरका शासकहरूले घुसको निम्ति शासन गर्छन्, पूजाहारीहरूले ज्यालाको निम्ति व्यवस्था-विधिको अर्थ खोल्छन्, अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी कहन्छन् र तिनीहरू सबै हामीसँग परमप्रभु हुनुहुन्छ भनी दाबी गर्छन्। तिनीहरू भन्छन्, “हाम्रो केही क्षति हुनेछैन। परमप्रभु हामीसित हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसका न्यायाधीशहरूले घूसका लागि न्याय गर्छन्; त्यसका पुजारीहरूले कमाउनलाई सिकाउँदछन्। अनि त्यसका अगमवक्ताहरूले पैसाको लागि भाग्य बताउँछन्। तर पनि तिनीहरूले याहवेहमा दावी गर्छन् र भन्छन्, “के याहवेह हाम्रो बीचमा हुनुहुन्न र? हामीमाथि कुनै विपत्ति आउनेछैन।” Viz kapitola |