मत्ती 6:5 - पवित्र बाइबल5 “जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँच्चो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “तिमीहरू प्रार्थना गर्दा कपटीले जस्तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “अनि जब तिमीहरू प्रार्थना गर्दछौ, ती कपटीहरूजस्ता नहोओ; किनकि तिनीहरू अरू मानिसहरूले देखून् भनेर सभाघर र सडकहरूमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो कुरा भन्दछु, तिनीहरूले आफ्ना प्रतिफल पाइसकेका छन्। Viz kapitola |