Online Bible

- Reklamy -




मत्ती 6:26 - पवित्र बाइबल

26 आकाशका चरा चुरुङ्गीलाई हेर, तिनीहरूले नता कहिले बीऊनै छर्छन्, न अन्नको फसल काट्छन् न भकारीहरूमा बटुल्छन्। तर तिमीहरू का स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। तर तिमीहरूलाई थाहा छ ती चराचरुङ्गीहरू भन्दा तिमीहरू बहुमूल्य छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्‍न कटनी गर्छन्, न भकारीमा बटुल्‍छन्, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 आकाशमा उड्‍ने चराहरूलाई हेर, खै तिनीहरू खेती गर्दैनन्, बाली काट्‍ने, थन्‍क्‍याउने पनि गर्दैनन्। तैपनि स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। ती चरा-चुरुङ्गीहरूभन्दा त तिमीहरू धेरै नै मूल्‍यवान् छौ, होइन र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 आकाशका चराहरूलाई हेर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, न त भकारीमा बटुल्दछन्; तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र?

Viz kapitola kopírovat




मत्ती 6:26

Následuj nás:

Reklamy


Reklamy