मत्ती 6:25 - पवित्र बाइबल25 “यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 “यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 “त्यसैकारण म तिमीहरूलाई भन्छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा पिऔँला अथवा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र? Viz kapitola |