मत्ती 5:22 - पवित्र बाइबल22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर म तिमीहरूलाई भन्छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्ड पाउनेछ। कसैले आफ्नो भाइलाई मूर्ख भन्यो भने त्यसले सभामा जवाफ दिनुपर्छ। आफ्नो भाइलाई सराप्ने त झन् नरकको आगोमैपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। Viz kapitola |