मत्ती 27:60 - पवित्र बाइबल60 यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैंले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण60 र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल60 र त्यो लाशलाई भर्खरै मात्र पहरा खोपेर आफ्नो लागि बनाइराखेको नयाँ चिहानमा राखे अनि एउटा ठूलो ढुङ्गो गुडाएर चिहानको मुख बन्द गरी उनी त्यहाँबाट गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण60 अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए। Viz kapitola |