मत्ती 25:43 - पवित्र बाइबल43 म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ। नाङ्गो थिएँ, र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र झ्यालखानमा थिएँ, र तिमीहरू मलाई हेर्न आएनौ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 म परदेशी भएर आउँदा तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेनौ, नाङ्गो हुँदा लुगा लगाइदिएनौ। म बिरामी हुँदा र झ्यालखानमा पर्दा तिमीहरू मलाई भेट्न आएनौ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 म परदेशी थिएँ, र तिमीहरूले मलाई भित्र स्वागत गरेनौ। मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्याएनौ। म बिरामी र झ्यालखानामा थिएँ, र तिमीहरूले मेरो हेरचाह गरेनौ।’ Viz kapitola |