मत्ती 23:23 - पवित्र बाइबल23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “धिक्कार तिमीहरूलाई, शास्त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू पुदीना र सूँप र जीराको दशांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू, अर्थात् न्याय, दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशांश दिने काम गर्नुपर्नेथियो, अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्नेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरू कत्ति कपटी छौ। तिमीहरू बाबरी, सुप र जीराको उब्जनीबाट दश भागको एक भाग परमेश्वरलाई चढाउँछौ। तर न्याय, दया र विश्वासजस्ता व्यवस्थाका मुख्य कुराहरूको चाहिँ तिमीहरू वास्तै गर्दैनौ। ती अरू कुराको साथसाथै न्याय, दया र विश्वास पनि गर्ने गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्कार छ! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुँप र जीराका दशांश दिन्छौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू अर्थात् न्याय, दया र विश्वासयोग्यताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रोको पनि पालन गर्नुपर्नेथियो। Viz kapitola |