Online Bible

- Reklamy -




मत्ती 21:42 - पवित्र बाइबल

42 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ: ‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य कुने ढुङ्गा बन्यो। यो परमप्रभुले गर्नु भएको हो, र यो हाम्रो लागि अचम्मको हुनेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्‍यै धर्मशास्‍त्रमा पढ़ेनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यमय छ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 तब येशूले तिनीहरूलाई सोध्‍नुभयो, “के तिमीहरूले धर्मशास्‍त्रमा लेखिएको यो कुरा पढेका छैनौ?– डकर्मीहरूले काम लाग्‍दैन भनेर फ्‍याँकेको ढुङ्गा नै घरको जग बसाल्‍दाखेरि मुख्‍य ढुङ्गा बन्‍न आयो। त्‍यस्‍तो त प्रभु परमेश्‍वर आफैंले हुन दिनुभएको हो, यो कति अचम्‍मको काम रहेछ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द तुल्याए, त्यही जगको मुख्य ढुङ्गा बन्यो; प्रभुले नै यो गर्नुभएको हो, अनि यो हाम्रा दृष्‍टिमा अचम्मको छ’?

Viz kapitola kopírovat




मत्ती 21:42

Následuj nás:

Reklamy


Reklamy