मत्ती 21:41 - पवित्र बाइबल41 ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दुष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तिनीहरूले जवाफ दिए, “तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई मार्नेछन् अनि आफूले पाउनुपर्ने भाग ठीकसँग दिने मोहीहरूलाई त्यो बारी कमाउन दिनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्टहरूलाई दुर्दशापूर्वक अन्त्य गरिदिनेछन्, र त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनको भागको उब्जनी तिनलाई दिनेछन्।” Viz kapitola |