Online Bible

- Reklamy -




मत्ती 21:33 - पवित्र बाइबल

33 “यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 “अर्को दृष्‍टान्‍त सुन। कोही एक जना गृहस्‍थी थिए, जसले एउटा दाखबारी लगाए, र त्‍यसको वरिपरि बार लगाएर त्‍यहाँ दाख पेल्‍ने एउटा कोल राखे, र एउटा मचान बनाए। तब मोहीहरूलाई त्‍यसको ठेक्‍का दिई उनी परदेश लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 येशूले भन्‍नुभयो, “लौ अब तिमीहरू दृष्‍टान्‍तको रूपमा अर्को एउटा कथा सुन। एक समयमा एक जना जमिनदार थिए। उनले दाखबारी लगाए, चारैतिर बारे अनि दाख पेल्‍न कोल र बारी कुर्न छाप्रो बनाइदिए। उनले त्‍यो बारी मोहीहरूलाई जिम्‍मा दिएर आफूचाहिँ परदेशतिर लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 “अर्को दृष्‍टान्त सुन: एक जना जमिनका मालिक थिए, जसले एउटा दाखबारी लगाए, र त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने; र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिए, र आफू यात्रामा गए।

Viz kapitola kopírovat




मत्ती 21:33

Následuj nás:

Reklamy


Reklamy