मत्ती 21:31 - पवित्र बाइबल31 “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?” यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “अब यी दुईमा कुनचाहिँले बाबुको इच्छा पालन गर्यो?” तिनीहरूले जवाफ दिए, “पहिलोचाहिँले।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अब यी दुई छोरामा कुनचाहिँले बुबाको आज्ञा मान्यो?” “दाजुचाहिँले!” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, कर उठाउने र वेश्याहरू त तिमीहरूभन्दा पहिले परमेश्वरको राज्यमा पस्छन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 “ती दुईमध्ये कुन चाहिँले बुबाको इच्छा पूरा गर्यो?” तिनीहरूले भने, “पहिलोले।” येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्। Viz kapitola |