मत्ती 21:25 - पवित्र बाइबल25 मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?” मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यूहन्नाको बप्तिस्मा कहाँबाट भयो? स्वर्गबाट कि मानिसहरूबाट?” तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे, “स्वर्गबाट भनौं भने, तिनले ‘उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 लौ भन, यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामीहरूले के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले यूहन्नालाई किन विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?” तिनीहरूले आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौँ भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्वास गरेनौ’ भनी भन्नेछन्। Viz kapitola |