मत्ती 21:19 - पवित्र बाइबल19 उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो। उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्” र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 बाटोको छेउमा नेभाराको रूख देखेर फल छ कि भनेर उहाँ त्यस रूखको नजिक जानुभयो, तर त्यसमा पातबाहेक केही थिएन। उहाँले त्यस रूखलाई भन्नुभयो, “अबदेखि तँमा कहिल्यै पनि फल नफलोस्।” त्यो नेभाराको रूख त त्यतिखेरै सुकिहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, तर त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो। Viz kapitola |