मत्ती 21:15 - पवित्र बाइबल15 मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रशंसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर जब मुख्य पूजाहारीहरू र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मका काम देखे, र केटाकेटीहरूले मन्दिरमा “दाऊदका पुत्रलाई होसन्ना” भन्दै चिच्च्याएका सुने, तब तिनीहरू क्रोधित भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यी अचम्मका कामहरू देखेर र मन्दिरमा केटा-केटीहरूले कराउँदै “दाऊद पुत्रको जय होस्!” भनेको सुनेर मुख्य पूजाहारी र धर्म-गुरुहरू रिसाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्भुत कार्यहरू देखे, र मन्दिरको इलाकामा बालबालिकाहरूले “दावीदका पुत्रलाई होसन्ना” भनेका सुने, तब तिनीहरू रिसाए। Viz kapitola |