मत्ती 20:34 - पवित्र बाइबल34 येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्टि पाए र तिनीहरू उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 येशूको हृदय मायाले भरियो र उहाँले तिनीहरूका आँखा छोइदिनुभयो। उति नै खेर तिनीहरू आँखा देख्ने भए अनि येशूको पछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 येशू तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्टि पाइहाले, र उहाँलाई पछ्याए। Viz kapitola |