मत्ती 2:13 - पवित्र बाइबल13 ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्नु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ती ज्योतिषीहरू गइसकेपछि योसेफले सपनामा प्रभु परमेश्वरका स्वर्गदूतलाई देखे र स्वर्गदूतले उनलाई भने, “तुरुन्तै आमा-छोरालाई लिएर मिश्रदेशतिर गइहाल। अनि मैले फर्केर आउनू नभनुञ्जेल तिमीहरू त्यहीँ नै बस्नू किनभने हेरोदले बालकलाई मार्ने विचार गरिरहेको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।” Viz kapitola |