मत्ती 19:13 - पवित्र बाइबल13 त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशूकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थे। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन् भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यस बेला येशूले आफ्ना हात राखेर आशिष् देऊन् र प्रार्थना गरून् भनेर मानिसहरूले आफ्ना केटा-केटीहरूलाई उहाँकहाँ ल्याए। यो देखेर चेलाहरूले ती मानिसहरूलाई हप्काए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदेऊन्, र तिनीहरूका निम्ति प्रार्थना गरिदेऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए। Viz kapitola |