मत्ती 18:6 - पवित्र बाइबल6 “यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्ड्याएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “तर जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउँछ, बरु त्यसको गलामा ठूलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “यदि कसैले ममाथि विश्वास गर्ने यस्ता सानाहरूको विश्वासलाई बिगार्छ भने त्यसलाई त बरु घिच्रोमा जाँतो झुण्ड्याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने त्यसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइएको भए असल हुनेथियो। Viz kapitola |