मत्ती 17:27 - पवित्र बाइबल27 तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौ। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर तिनीहरू हामीबाट नचिढ़िऊन् भन्ने हेतुले, समुद्रमा गएर बल्छी हान, र पहिले परेको माछा ल्याऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रो र मेरो निम्ति तिनीहरूलाई देऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तैपनि हामी यी मानिसहरूलाई ठेस नदिऔँ। तिमी जाऊ र तालमा जाल हान। सबभन्दा पहिले जालमा परेको माछो निकालेर त्यसको मुख खोल। त्यसको मुखमा तिमीले एक तोला चाँदीको पैसा भेट्टाउनेछौ। त्योचाहिँ मन्दिरको कर उठाउनेहरूकहाँ लगेर हामी दुईको कर बुझाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्का पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।” Viz kapitola |