Online Bible

- Reklamy -




मत्ती 16:21 - पवित्र बाइबल

21 त्यसै बेलादेखि येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूबाट धेरै कष्‍ट भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्‌नुपर्छ भनी उहाँले त्‍यस बेलादेखि आफ्‍ना चेलाहरूलाई बताउन थाल्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यस बेलादेखि येशूले आफ्‍ना चेलाहरूलाई आफूले भोग्‍नुपर्ने दु:खको बारेमा सोझै भन्‍न लाग्‍नुभयो। उहाँले भन्‍नुभयो, “मैले यरूशलेम गएर अगुवा, मुख्‍य पूजाहारी र धर्म-गुरुहरूबाट दु:ख भोग्‍नुपर्छ, आखिरमा म मारिनेछु, तर तेस्रो दिनमा म फेरि मरेकोबाट बिउँतनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यस समयदेखि उसो येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेममा जानुपर्छ, र प्रधानहरू, मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरूका हातबाट धेरै कष्‍टहरू सहनुपर्छ, मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी भन्‍न थाल्नुभयो।

Viz kapitola kopírovat




मत्ती 16:21

Následuj nás:

Reklamy


Reklamy