मत्ती 15:31 - पवित्र बाइबल31 लाटाहरू बोल्न सक्ने भए लुलाहरू बलिया भए हिँड्न नसक्नेहरू फेरि हिँड्न सक्ने भए र अन्धाहरू फेरि देख्न सक्ने भए यस्तो आश्चर्य देखेर ती मानिसहरू चकित भएर पहिले यस्तो कहिल्यै देखिएको थिएन भन्दै इस्राएलका परमेश्वरलाई धन्यवाद चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यहाँसम्म कि, गूँगाहरू बोलेका, लुलाहरू निको भएका, लङ्गड़ा हिँड़ेका, र अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क परे, र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 लाटाहरू फटाफट बोल्न थाले, कुँजाहरू चल्ने भए, लङ्गडाहरू हिँड्न थाले र अन्धाहरू देख्ने भए। यो देखेर मानिसहरू छक्कै परे अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्क परे; अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे। Viz kapitola |