मत्ती 13:17 - पवित्र बाइबल17 म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे, तर सुनेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूले देखेका र सुनेका यी कुराहरू धेरै अगमवक्ता र धर्मी मानिसहरूले देख्ने र सुन्ने ठूलो इच्छा गरेका थिए। तर तिनीहरूले देख्न पनि पाएनन्, सुन्न पनि पाएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि म तिमीहरूलाई साँच्चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्। Viz kapitola |