मत्ती 12:44 - पवित्र बाइबल44 तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 तब त्यसले भन्छ, ‘जहाँबाट म निस्केर आएँ, त्यहीँ आफ्नो घरमा म फर्किजानेछु।’ फर्किआउँदा त्यसले घर रित्तो, सफा गरिराखेको, र सजिएको भेट्टाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 यस्तो ठाउँ कतै पनि नपाउँदा ‘पहिले बसेकै घरमा जानुपर्यो’ भनेर त्यो फर्किन्छ। त्यहाँ आइपुग्दा त्यसले अघिको घर खाली, सफा र सजिसजाउ भएको भेट्टाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ जब त्यो आइपुग्छ, त्यसले त्यो घर खाली, सफा गरिएको र सुव्यवस्थित पाउँछ। Viz kapitola |