मत्ती 12:41 - पवित्र बाइबल41 अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्ताको साथ खड़ा हुनेछन्, र यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्चात्ताप गरेथे, तर हेर, योनाभन्दा महान् कोही यहाँ छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 न्यायको दिनमा निनवे सहरका मानिसहरूले उभिएर हिजो-आजका मानिसहरूलाई दोष लगाउनेछन् किनभने योनाले परमेश्वरको शिक्षा प्रचार गर्दा तिनीहरूले आ-आफ्नो पापबाट पश्चात्ताप गरे। तर हेर, योनाभन्दा पनि ठूलो यहाँ कोही छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्; किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्चात्ताप गरेका थिए; तर हेर योनाभन्दा महान् एक जना यहाँ छन्। Viz kapitola |