मत्ती 12:32 - पवित्र बाइबल32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्मालाई निन्दा गर्ने पापचाहिँ न यस युगमा न त अर्को युगमा, कहिल्यै पनि माफ गरिनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ। Viz kapitola |