मत्ती 11:25 - पवित्र बाइबल25 त्यसपछि येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यतिखेर येशूले भन्नुभयो, “हे परमेश्वर पिता स्वर्ग र पृथ्वीका मालिक, म तपाईंलाई धन्यवाद दिन्छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्नुभएका कुरा तपाईंले केही नजान्नेहरूलाई बुझाइदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यस बेला येशूले भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु; किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ। Viz kapitola |