मत्ती 11:21 - पवित्र बाइबल21 येशूले भन्नुभयो, “ए कोराजिन! तँलाई धिक्कार छ। ए बेथसेदा! तँलाई धिक्कार छ। मैले तिमीहरूकहाँ धेरै शक्तिशाली कामहरू गरिदिएँ। यदि यस्तै शक्तिशाली कामहरू टायर र सदोममा गरिएको भए त्यहाँका मानिसहरूले पहिले नै भाङरा वस्त्रलाएर र खरानी घसेर पश्चताप गरिसक्ने थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सीदोनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्ग्रा लाएर र खरानी धसेर पश्चात्ताप गरिसक्नेथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्यहाँका मानिसहरूले अघि नै पश्चात्ताप गरेर पापलाई छोड्नेथिए अनि पश्चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्नेथिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “धिक्कार तँलाई हे खोराजिन! धिक्कार तँलाई हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले नै भाङ्ग्रा ओढेर र खरानी धसेर पश्चात्ताप गर्नेथिए। Viz kapitola |