मत्ती 11:20 - पवित्र बाइबल20 येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जुन-जुन सहरमा उहाँका धेरैजसो शक्तिशाली कामहरू गरिएका थिए, उहाँले तिनलाई धिक्कार्न लाग्नुभयो, कारण तिनीहरूले पश्चात्ताप गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 जुन सहरहरूमा येशूले धेरै अचम्मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्नुभयो– Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसपछि येशूले ती सहरहरूलाई धिक्कार्न थाल्नुभयो; जहाँ उहाँका धेरैजसो अचम्मका कामहरू गरिएका थिए; किनकि तिनीहरूले पश्चात्ताप गरेनन्। Viz kapitola |