मलाकीको पुस्तक 3:16 - पवित्र बाइबल16 परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसँग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो। परमप्रभुको डर मान्नेहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्झनाको पत्र मुट्ठामा उहाँकै उपस्थितिमा लेखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसपछि परमप्रभुको भय मान्ने मानिसहरू आपसमा बातचित गर्न लागे र परमप्रभुले ध्यानसित तिनीहरूका कुरा सुन्नुभयो। उहाँकै सामुन्ने उहाँको भय मान्ने र आदर गर्नेहरूका नाम एउटा पुस्तकमा लेखिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब याहवेहको डर मान्नेहरूले एक-आपसमा कुरा गरे; अनि परमेश्वरले तिनीहरूका कुरा ध्यान दिएर सुन्नुभयो। अनि याहवेहको उपस्थितिमा उहाँको डर मान्ने र उहाँको नामलाई आदर गर्ने मानिसहरूका बारेमा सम्झनाको पत्रमा लेखियो। Viz kapitola |