मलाकीको पुस्तक 2:5 - पवित्र बाइबल5 परमप्रभुले भन्नुभयो, “मैले यो करार लेवीहरूसँग गरें। मैले उनीहरूलाई शान्तिपूर्ण जीवन दिने प्रतिज्ञा गरें, अनि मैले दिएँ। लेवीबरूले मेरो सम्मान गरे। तिनीहरूले मेरो नाउँको सम्मान गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “मेरो करार त्यससँग थियो, जीवन र शान्तिको करार, र मेरो सम्मान गरोस् भनेर मैले ती त्यसलाई दिएँ, र त्यसले सम्मान गर्यो र मेरो नाउँको श्रद्धापूर्वक भय मान्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “तिनीहरूलाई जीवन र सुख-शान्ति दिउँला भनी मैले प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले मलाई आदर गरून् भनी मैले मेरो करारअनुसार गरें पनि। ती दिनहरूमा तिनीहरूले मेरो आदर गरे र डर माने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “मेरो करार, जीवन र शान्तिको करार लेवीसँग थियो; अनि मैले त्यो त्यसलाई दिएँ। त्यो मेरो आदरको निम्ति थियो; अनि त्यसले मलाई आदर गर्यो, र मेरो नामलाई श्रद्धापूर्ण डर मान्यो। Viz kapitola |