मलाकीको पुस्तक 1:9 - पवित्र बाइबल9 “पूजाहारीहरू, तिमीहरूले परमप्रभुसँग हाम्रो असल हुनको निम्ति बिन्ती गर्नुपर्छ। तर उहाँले तिम्रो बिन्ती सुन्नुहुने छैन अनि यी सबै दोष तिम्रो हुनेछ।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘हामीमाथि कृपालु हुनुहोस्’ भनी आग्रहसाथ परमेश्वरलाई बिन्ती चढ़ाओ। तिमीहरूका हातले यस्तै भेटी चढ़ाएर के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुनेछ र?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमी पूजाहारीहरूले अब परमेश्वरलाई हामीमाथि कृपादृष्टि गर्नुहोस् भनी बिन्ती गरी हेर। तिमीहरूले हातमा यस्तो भेटी लिई आउँदा के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुनेछ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तिमीहरूका हातबाट त्यस्ता बलि चढाउँछौ, र परमेश्वरले हामीमाथि अनुग्रह गरून् भनी प्रार्थना गर्छौ, के उहाँले तिमीहरूलाई ग्रहण गर्नुहुन्छ होला र?” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |