मलाकीको पुस्तक 1:8 - पवित्र बाइबल8 तिमीहरूले बलिको निम्ति अन्धा पशुहरू ल्याउँछौ त्यसो गर्नु गल्ती हो। तिमीहरूले बलिको लागी बीरामी अनि लङ्गडा पशुहरू लिएर आउँछौ, यो गल्ती हो। तिमीहरूले आफ्ना शासकलाई ती रोगी पशुहरू भेटी चढाउँने चेष्टा गर्छौ। के तिनीहरू तिमीहरूसित खुशी हुन्छन्? के तिनीहरूले तिमीहरूलाई दया देखाउँछन्?” सर्वशक्तिमान परमप्रभुले यी सबै भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जब तिमीहरूले अन्धा पशुहरू बलिदान चढ़ाउन ल्याउँछौ, तब के त्यो भूल कुरो होइन र? जब तिमीहरूले लङ्गड़ा र बेथा लागेका पशुहरू बलिदान चढ़ाउँदछौ, तब के त्यो भूल कुरो होइन र? ती तिमीहरूका राज्यपाललाई चढ़ाउन कोशिश गर। के तिनी तिमीहरूदेखि खुशी हुनेछन्? के तिनले त्यो ग्रहण गर्नेछन्?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरू जब मकहाँ बलि चढाउन अन्धा वा बिरामी वा लङ्गडा पशु ल्याउँदछौ, के त्यो ठीकै कुरा हो भनी सोच्दछौ? त्यस्तो पशु बडा-हाकिमलाई दिएर हेर त! के उनी तिमीहरूसित खुसी होलान्? तिमीहरूलाई उनले केही कुरामा कृपा गर्लान् त?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब तिमीहरूले बलिदानको रूपमा अन्धा पशु चढाउँछौ, त के यो गल्ती होइन र? अनि तिमीहरूले लङ्गडा वा रोगी पशुलाई बलि चढाउँछौ, के यो खराब होइन? यही कुरा आफ्ना राज्यपाललाई चढाएर हेर! के तिनी तिमीहरूसँग प्रसन्न होलान्? के तिनले तिमीहरूलाई ग्रहण गर्लान्?” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |