Online Bible

- Reklamy -




मलाकीको पुस्तक 1:4 - पवित्र बाइबल

4 यो सम्भव छ कि एदोमका मानिसहरूले भन्न सक्छन्, “ठिकैछ हामी नष्ट भएका छौं, तर हामी हाम्रो शहर फेरि निर्माण गर्छौं।” तर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यदि तिनीहरूले तिनीहरूको शहर पुनःर्निर्माण गरेता पनि म त्यसलाई फेरि भत्काई दिनेछु।” यशैकारण मानिसहरूले एदोमलाई नराम्रो देश भन्छन्। मानिसहरू भन्छन् कि परमप्रभु तिनीहरूसित सधैँ क्रोधित हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “हामीहरू धूलोपीठो पारिएका छौं, तापनि हाम्रा भग्‍नावशेष हामी फेरि निर्माण गर्नेछौं” भनी एदोमीहरूले भन्‍लान्‌। तर सर्वशक्तिमान्‌ परमप्रभु यो भन्‍नुहुन्‍छ, “उनीहरूले निर्माण गरून्, तर म भत्‍काइदिनेछु। उनीहरू दुष्‍ट देश कहलाइनेछन्, जसका मानिसहरूसित परमप्रभु सधैँ क्रोधित हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 एसावका सन्‍तानहरू एदोमीहरूले यदि “हाम्रा सहरहरू नाश त पारिए तर हामी ती सहरहरूलाई फेरि बनाउनेछौं,” भन्‍छन् भने परमप्रभुले यस्‍तो उत्तर दिनुहुनेछ, “तिनीहरू फेरि बनाउँदैजाऊन्, म ती फेरि भत्‍काइ दिनेछु। मानिसहरूले तिनीहरूलाई ‘दुष्‍ट देश’ र ‘परमप्रभु त्‍योमाथि सधैँ रिसाउनुभएको जाति’ भन्‍ने नाम दिनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 एदोमले यसो भन्‍न सक्छ, “हामी चकनाचुर पारिए तापनि हामी ती ध्वस्त पारिएका ठाउँहरू पुनर्निर्माण गर्नेछौँ।” तर सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरूले बनाउँदैजाऊन्, तर म भत्काइदिनेछु। तिनीहरूलाई ‘दुष्‍टताको देश भनिनेछ, अर्थात् यस्तो जाति जोसँग याहवेह सधैँभरि क्रोधित हुनुहुन्छ।’

Viz kapitola kopírovat




मलाकीको पुस्तक 1:4

Následuj nás:

Reklamy


Reklamy