लूकाको सुसमाचार 8:27 - पवित्र बाइबल27 जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भूत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्नुभयो, जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 नाउबाट ओर्लंदा त्यहाँको सहरबाट भूत लागेको मानिस येशूलाई भेट्न आयो। त्यो मानिसले धेरै दिनदेखि लुगा लाउँदैनथ्यो अनि घरमा पनि नबसेर चिहानका गुफाहरूमा बस्ने गर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्नेगर्थ्यो। Viz kapitola |