लूकाको सुसमाचार 7:22 - पवित्र बाइबल22 अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौ, गएर यूहन्नालाई भनिदेओ, अर्थात् अन्धाहरूले दृष्टि पाउँछन्, लङ्गड़ाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको हुन्छन्, बहिराहरू सुन्छन्, मृतकहरू जीवित भई उठ्छन्, गरीबहरूलाई सुसमाचार सुनाइन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 येशूले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले जे-जे देखेका छौ र सुनेका छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ– अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्न सक्छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू बिउँतन्छन् र दु:खी-गरीबहरूले परमेश्वरको सुसमाचार सुन्न पाउँदै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि उहाँले ती मानिसहरूलाई जवाफ दिनुभयो, “जाओ, र जे तिमीहरूले देख्यौ र सुन्यौँ, त्यो यूहन्नालाई बताओ: दृष्टिविहीनहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोग लागेकाहरू निको हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन् र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ। Viz kapitola |