लूकाको सुसमाचार 7:20 - पवित्र बाइबल20 त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जब ती मानिसहरू येशूकहाँ आए, तब तिनीहरूले भने, “बप्तिस्मा-दिने यूहन्नाले हामीलाई यो सोध्न तपाईंकहाँ पठाएका छन्, ‘जो आउनुहुनेछ, के तपाईं उहाँ नै हुनुहुन्छ? कि हामी अरू कसैको प्रतीक्षा गरौं?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अनि तिनीहरूले येशूकहाँ आएर सोधे, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौं? यो कुरा बप्तिस्मा दिने यूहन्नाले हामीलाई सोध्न पठाएका हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 ती मानिसहरू येशूकहाँ आएर भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई तपाईंकहाँ यसो भनी सोध्न पठाएका छन्, ‘जो आउनेवाला मुक्तिदाता हुनुहुन्थ्यो, के त्यो तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौँ?’ ” Viz kapitola |