लूकाको सुसमाचार 7:12 - पवित्र बाइबल12 जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासँग थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब उहाँ सहरको ढोका नजिक पुग्नुभएको थियो, एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। सहरको निकै ठूलो भीड तिनको साथमा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 येशू सहरको ढोकामा आइपुग्नुहुँदा एउटा मुर्दालाई बोकेर मलामीहरू जाँदै थिए। मरेको मानिसचाहिँ एउटी विधवाको एउटै मात्र छोरो थियो। ती विधवासँग मलामी जाने सहरका थुप्रै मानिसहरू पनि थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँ सहरको ढोकानिर पुग्नुहुँदा एउटा मृत व्यक्तिलाई सहरबाहिर लगिँदैथियो—जो आफ्नी विधवा आमाको एउटै मात्र छोरा थियो। सहरको एउटा ठूलो भीड ती विधवाको साथमा थियो। Viz kapitola |