Online Bible

- Reklamy -




लूकाको सुसमाचार 6:45 - पवित्र बाइबल

45 एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कुराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 असल मानिसले आफ्‍नो हृदयको असल भण्‍डारबाट असलै थोक निकाल्‍दछ, र दुष्‍ट मानिसले आफ्‍नो हृदयको दुष्‍ट भण्‍डारबाट दुष्‍ट थोक नै निकाल्‍दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्‍छ, मानिसको मुखबाट त्‍यही निस्‍कन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 असल मानिसले आफ्‍नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्‍छ। खराब मानिसले आफ्‍नो मनमा भएको खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्‍छ किनभने जे मनमा छ, त्‍यही कुरा मानिसले बोल्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्‍ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्‍ट भण्डारबाट दुष्‍ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 6:45

Následuj nás:

Reklamy


Reklamy