लूकाको सुसमाचार 6:4 - पवित्र बाइबल4 दाऊद परमेश्वरको मन्दिरमा गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसँग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले त परमेश्वरको मन्दिरभित्र पसेर परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारीबाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर अरू मानिसहरूलाई पनि खान दिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनी परमेश्वरको भवनभित्र पसेर परमेश्वरलाई अर्पण गरिएका रोटीहरू खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। तिनले त्यसबाट केही भाग आफ्ना साथीहरूलाई पनि दिए, जुन व्यवस्थाविरुद्ध थियो।” Viz kapitola |